फाइल फाेटाे

Breaking News

थालाजुङका दुइ जनाकाे काेराेना सङक्रमबाट चितवनमा मृत्यु

By मनासलु

May 24, 2021

गोरखा  । गोरखामा कोरोना संक्रमणबाट थालाजुङका दुइ जनाकाे मृत्यु भएकाे छ ।   सिरानचोक गाउँपालिका वडा नम्बर २ स्थित थालाजुङ घर भई चितवन बस्दै आउनु भएकी ५९ बर्षकी एक महिला र सोही ठाउँका ८१ बर्षका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

८१ बर्षका बृद्धको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । ति बृद्धमा यही जेठ ६ गते कोरोना संक्रमणको पुष्टी भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि ४ गते उपचारका लागि अस्पताल पुर्याएकाेमा अस्प्तालमा नै कोरोना पुष्टी भएको थियाे ।   अर्का मृतक महिलाको पनि चितवन मेडिकल कलेजमै उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।