साँकेतिक तस्वीर

Breaking News

केरावारीमा माटाेकाे ढिस्काेले पुरिदा काले गुरुङ र भीम बहादुर गुरुङकाे निधन

By मनासलु

May 24, 2021

सिरानचाेक, गाेरखा । पालिकाकाे वडा नम्बर १ केरावारी भीरसिँमा माटाेकाे ढिस्काेले पुरिदा स्थानीय ४८ वर्षिय काले गुरुङ र ३५ वर्षिय भीम बहादुर गुरुङकाे निधन भएकाे छ ।

स्थानीय अशाेक कुमार गुरुङकाे घरमा कम्पाउण्ड वाल लगाउने क्रममा ढिस्काे खसेर उनीहरु पुरिएका हुन् । उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र जाैवारी पुर्याएपनि डाक्टरले उनीहरलाइ मृत घाेषणा गरेका प्रहरीले जनाएकाे छ । घटना साेमबार दिउँसाे ३ बजेकाे हाे ।