गाेरखा । शहिदलखन गाउँपालिका वडा नम्बर १ बक्राङका ८ जना सहित पालिकामा १०३ जना काेराेना सङक्रमित थपिएका छन् । शहीदलखन गाउँपालिकामा मिति २०७८-०२-११ गते प्राप्त १४७ PCR स्वाबको रिपोर्ट मध्य १०३ जना नयाँ संक्रमित थपिएका हुन् ।
घैरुङमा २० जना, बक्राङमा ८ जना, बुङ्कोट ७ मा ३२ जना, बुङ्कोट ८ मा १० जना, ताक्लुङ ५ मा २० जना र मनकामनामा १३ जना संक्रमित रहेका हुन । उनीहरु सबैलाइ हाेम आइसाेलेशनमा राखिएकाे स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । बक्राङमा यस अघि २१ जना सङक्रमित थिए भने २ जनाकाे सङक्रमणका कारण निधन भएकाे थियाे ।