समाचार

फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसले दियाे १५ थान अक्सिमिटर

By मनासलु

May 26, 2021

 पाेखरा ।  फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसले प्रेस सङगठन नेपालका लागि १५ थान अक्सिमिटर प्रदान गरेकाे छ । सँस्थाका अध्यक्ष साेम गुरुङले केन्द्रीय सदस्य राजेन्द्र न्याैपानेलाइ उक्त सामग्री प्रदान गरेका हुन् ।

केन्द्रीय सदस्य न्याैपानेले प्रदेशमा रहेका पत्रकारहरुका लागि आवश्यकताका आधारमा वितरण गर्न प्रदेश सह इन्चार्ज त्रिभुवन पाैडेललाइ हस्तान्तरण गरेका थिए ।

अग्र माेर्चामा रहेर काम गर्ने पत्रकारहरु सङक्रमित भइरहेका समय शरिरकाे अक्सिजन मापनका लागि अक्सिमिटरले राम्राे सहयाेग पुर्याउने पाैडेलले बताए । पत्रकारलाइ सम्झेर सहयाेग गर्ने  फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विस  र  अध्यक्ष साेम गुरुङ दाइ प्रति हार्दिक आभार व्यक्त गर्दछु उनले भने ।