राजनीति

विश्वासकाे मत नदिए सँसद भङ्ग गरेर चुनाव गर्ने मन्त्री बस्नेतकाे भनाइ

By मनासलु

May 26, 2021

गाेरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास र आन्तरिक मामिला तथा कानुन  मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकारमा आफूहरुलाइ विश्वासकाे मत दिनुपर्ने बताउँदै विश्वासकाे मत नपाए सँसद भङ्ग गरेर चुनाव घाेषणा गर्ने बताएका छन् ।

जेठ २७ गते भित्र विश्वासकाे मत लिने सरकारका प्रवक्ता समेत रहेकाे बस्नेतले बताएका हुन् ।

प्रदेश सरकारले स्वास्थ्य कार्यालय गोरखाका लागि पठाएको आठहजार छसय ५५ थान एण्टिजेन किट कार्यालय  प्रमुख नरजङ ठकुरीलाई मन्त्री बस्नेतले आज  हस्तान्तरण गरेका छन् ।