काेराेना सङक्रमणका कारण गाेरखाका तीन जना नागरिककाे निधन

बुधबार, जेष्ठ १९, २०७८

गाेरखा । काेराेना सङक्रमणका कारण गाेरखाका तीन जना नागरिककाे निधन भएकाे छ । सङक्रमणका कारण शहिदलखन १ बक्राङका ४८ वर्षिय पुरुषकाे ओम हस्पिटल एण्ड रिसर्च सेन्टर काठमाण्डाै, पालुङटार नगरपालिका ५ का ५४ वर्षिय पुरुषकाे विरेन्द्र सैनिक अस्पताल र सिरान्चाेक गाउँपालिका ३ का ४० वर्षिय पुरुषकाे भरतपुर अस्पताल चितवनमा निधन भएकाे हाे ।