सर्जिकल मास्क रु ५ मा बेच्न अनुगमन समितिकाे निर्देशन

बिहिबार, जेष्ठ २०, २०७८

जेठ २०, गाेरखा । सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा रहेकाे अनुगमन टोलीले सदरमुकाम क्षेत्रका १६ वटा औषधी पसलहरुको अनुमगन गरेको छ । अनुगमन पछि सर्जिकल मास्क रु ५ मा बेच्न निर्देशन दिएका छन्  । यस अघि व्यावसायीले १० रुपैयाँमा विक्रि गर्दै आएका थिए ।

अनुगमनका क्रममा म्याद नाधेका औषधीहरु बिक्री भएको नपाइएको भएपनि केही औषधी व्यवसायीहरुले भने स्थानीय तहमा व्यवसाय दर्ता नगरी सञ्चालन गरेका पाइएको संयोजक भण्डारीले जानकारी दिए ।

‘बिशेष गरि औषधी पसलहरुमा के कसरी औषधीको किनबेच भइरहेका छन्, मूल्य सूची राखिएको छ छैन, कालोबजारी भएको छकी छैन भनेर बजार अनुगमन गरिएको हो, उनले भने, समयमा नविकरण नगरेका पाइएका केही औषधी व्यवसायीलाई तत्काल नविकरण गर्न निर्देशन दिएका छौ ।’

बाँनिया फार्मेसीमा भेटिएको म्याद गुज्रेको हर्लिक्स भने अनुगमन टोलीले बरामद गरेको संयोजक भण्डारीले बताए । ‘एपोलो हस्पीटल र गुडलाईफ फार्मेसीलाई आबश्यक कागजात सहित प्रसासन आउन भनेका छौ, उनले भने ।

व्यवासायीहरुले डिलरबाट २५० मूल्यमा ल्याएर एक हजार दुइ रुपैयामा विक्री गर्ने गरेकाे अक्सिजन ग्याँसकाे भने अनुगमन गरेकाे छैन ।