शहिदलखन गाउँपालिकामा पहिलाे पटक माेटर चल्ने बाटाेमा कालाेपत्रे

बिहिबार, जेष्ठ २०, २०७८

शहिदलखन गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिकामा पहिलाे पटक माेटर चल्ने बाटाेमा कालाेपत्रे सुरु भएकाे छ । पालिकाकाे वडा नम्बर ९ नामजुङ स्थित बरचुली थानबाट बाटाे कालाेपत्रे सुरु भएकाे हाे ।

यस अघि यहाँ गाेरखाबाट बुँकाेट सम्म कागजमा कालाेपत्रे भएकाे भन्दै नागरिकहरुले आलाेचना गर्दै आएका थिए । तत्कालिन अवस्थामा साे क्षेत्रका मन्त्रीले कालाेपत्रे गरेकाे भनिए पनि बाटाेमा भने कालाेपत्र यहाँका नागरिकहरुले देखेका थिएनन् ।

गाउँमा दलै अगाडि कालाेपत्रे बाटाे आउला भनेर यस अघि नसाेचिएकाे स्थानीय ऋषिराम लामिछाने बताउँछन् । सँघीय राज्य स्थापना पछि गाउँमा हरेक विकासमा गति बढेकाे उनले बताए ।

गाेरखा नगरपालिका सिमा ढुँगाडे देखि नामजुङ बरचुली थान सम्म १२ किलाेमिटर सडक यसै आर्थिक वर्षमा बाटाे कालाेपत्रे हुन लागेकाे हाे ।

शहिदलखन गाउँपालिका अध्यक्ष रमेश थापाले भने बाटाेकाे चापका आधारमा पालिका भित्रका सबै सडक कालाेपत्रे गर्ने राेडम्याप बनेकाे छ । हरेक वर्ष निरन्तर काम भइरहनेछ ।

सडक कालाेपत्रे हुन थालेपछि पालिकाले बुँकाेट हुँदै नामजुङ,घैरुङ जान बैकल्पिक सडककाे प्रयाेग गर्न समेत आग्रह गरेकाे छ ।