नेपाल रेडक्रस साेसाइटीद्वारा २ थान अक्सिजन कन्सट्रेटर सहित स्वास्थ्य सामग्री वितरण

शुक्रबार, जेष्ठ २१, २०७८

गाेरखा । नेपाल रेडक्रस साेसाइटी गाेरखा जिल्ला शाखाले जिल्ला प्रशासन कार्यालय गाेरखालाइ आज २ जना अक्सिजन कन्सट्रेटर, ४० थान पिपइ सेट र १० हजार थान सर्जिकल मास्क प्रदान गरेकाे छ । शाखाका सभापति भगवानबाबु मास्के सहितकाे रेडक्रस टाेलिले प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पाैडेललाइ सामग्री हस्तान्तरण गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी पाैडेलले तत्कालै जिल्ला स्वास्थ्य कार्यालय गाेरखालाइ आवश्यक स्थानमा प्रदान गर्न निर्देशन दिएर सामग्री स्वास्थ्य कार्यालयलाइ प्रदान गरेका छन् ।

रेडक्रसले महामारी तथा प्रकाेप न्यूनिकरणका लागि जिल्लामा काम गरिररहेकाे शाखाका सभापति भगवानबाबु मास्केले बताए । जिल्लामा रहेका २५ उपशाखा र चुमनुब्री गाउँपालिकामा समेत स्वास्थ्य सामग्री र त्रिपाल प्रदान गरिएकाे र केही स्थानमा वितरण बाँकी रहेकाे उनले बताए । सामग्री प्राप्त भए लगतै सबै स्थानमा पूर्व सावधानीका लागि काम गरिने उनले बताए ।