दराैँदिबाट पानी बाेकेर खेती बाध्य छन गाेरखाका किसान

शनिबार, जेष्ठ २२, २०७८
स्थानीय किसान रण बहादुर दराैँदी नदिबाट ल्याएकाे पानीले खेत सिञ्चाइ गर्दै । तस्वीर राजेन्द्र न्याैपाने

गाेरखा । शनिबार दिउँसाे गाेरखा नगरपालिका १२ देउराली गाउँका रण बहादुर कुमाल दराैँदी नदिबाट बाल्टीनमा पानी बाेकेर खेत तर्फ जाँदै थिए । पानी के का लागि भन्ने प्रश्नमा आकाशबाट पानी परेका बेला व्याड राखेकाे अहिले सुख्खा लागेपछि भिजाउन पानी बाेक्नु परेकाे उनले बताए ।

गाेरखा जिल्लाकाे सबै भन्दा ठूलाे फाँट मात्रै नभै अन्नकाे भण्डार भनेर चिनिने दराैँदी फाँटका किसानहरुले नदिबाट बाल्टिनमा पानी बाेकेर खेती गरि कति अन्न फलाउँछन भन्ने प्रश्न खडा भएकाे छ ।

साेही वडाका जँग बहादुर कुमाल सुख्खा खेत गाेड्दै थिए । बाला झुल्न लागेका खेतमा पानी नहुँदा धान फल्नेमा शँका गर्दै झार त हटाउनु पर्याे आकाशबाट पानी आउला नी भन्दै पानीकाे पर्खाइमा देखिए । १० मिटर पर रहेकाे नदिकाे पानी खेतमा लगाउन किसानहरुले पाएका छैनन् ।

पुलबाट ८० मिटर तल रहेकाे कुलाेकाे बाँध देखि गाेरखा नगरपालिकाले ठेक्का लगाएर किसानहरुकाे कुलाे विगारिदिएकाे हाे । कुलाे पटक पटक विग्रीएपछि नगरपालिकाले बनाउन आनाकानी गर्दै आएकाे उनीहरुले बताएका छन् ।

कुलाे नबन्दा सम्म बगरबाट ग्राभेल उठान नदिने भन्दै उनीहरुले जेसिभीलाइ शनिबार अवराेध गरे । यी प्रतिनिधि घटना मात्र हुन् । गाेरखाकाे दराैँदी नदिमा स्थानीय तहमा पहुँच हुनेहरुले दाेहन गर्दै आएका छन् । पछिल्लाे समय सरकारले ल्याएकाे नयाँ नियमले निकासीका लागि झनै सजिलाे भएपनि नदि किनारमा खेत भएका र त्यसैका आम्दानीमा चल्ने किसानहरु भने मारमा परेका छन् ।

खेतमा सिञ्चाइ नभएपछि चिन्तित मुद्रामा रहेका किसानहरु । तस्वीर राजेन्द्र न्याैपाने