नेपाल सरकारद्वारा निशुल्क वितरण गर्ने स्वास्थ्य सामग्री वडा अध्यक्षकाे निर्देशनमा मेडिकलबाट विक्रि

सोमवार, जेष्ठ २४, २०७८

जेठ २४ गाेरखा । जिल्लाकाे शहिद लखन गाउँपालिका वडा नम्बर छ स्थित शितल मेडिकलहलबाट नेपाल सरकारबाट निशुल्क वितरण हुने सेफ्टी प्याड विक्री भइरहेकाे अवस्थामा पालिका स्थित अनुगमन समितिले फेला पारेकाे छ । विक्री गरेर बाँकिरहेकाे ६५ थान प्याड नियन्त्रणमा लिइएकाे अनुगमन समितिका सँयाेजक गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले बताइन ।

पालिका स्थित वडा नम्बर ८ का वडा अध्यक्षबाट सामग्री प्राप्त भएकाे र उहाँकै आग्रहमा आफूले विक्री गरेकाे मेडिकल सञ्चालक शितल श्रेष्ठले बताए । मैले विद्यालयमा दिनका लागि स्याम्पल मागेकाे थिएँ ,उहाँ (वडा नम्बर ८ का वडा अध्यक्ष) ले पठाइदिनुभयाे लकडाउन पछि पसलमा समान अभाव हुँदै जाँदा साे प्याड ७० रुपैयाँका दरले विक्री गरेकाे उनले बताए ।

 

वडा अध्यक्ष काशीनाथ अँगाइले भने, ‘मैले स्याम्पलका लागि पठाएकाे हुँ विक्री गरेकाे हाेइन, नेपाल सरकारले निशुल्क वितरण गर्ने स्वास्थ्य सामग्री कम्पनीले निशुल्क वितरणका लागि भनेर लेख्ने गरेकाे र साेही सामग्री मगाएर आफूले पठाएकाे उनले बताए । कम्पनीबाट मगाएर आफूले पठाएकाे उनकाे भनाइ छ । ‘

यता मेडिकल सञ्चालक श्रेष्ठले भने, भाेली अनुगमनका कुरा आए भने पनि  आउने हामी नै हाे केही फरक पर्दैन चलेकाे मूल्यमा बेच्नु भनेका कारण आफूले विक्रि गरेकाे उनले बताए । आवश्यकता परे आफूले अरु पनि सामग्री उपलब्ध गराउन सक्ने वचन दिएकाे उनकाे भनाइ छ ।

भिडियाे हेर्न याे लिङ्क क्लिक गर्नुहाेस

पालिका स्थित स्वास्थ्य शाखा जाने बाटाेमा बायाँ तर्फ रहेका घैरुङ मेडिकल हल नाममा औषधि व्यावसाय दर्ता गरेका शितल श्रेष्ठले याे सामग्री विक्री गर्न हुँदैन भन्ने जानकारी भएपछि दिनेले बेच्नु भनेपछि आफूले विक्री गरेकाे उनले बताए । यहाँ रहेकाे विद्यालयले पनि माग गरिररहेकाे थियाे उसलाइ स्याम्पल देखाउने उदेश्यले आफूले सामग्री मगाएकाे उनले बताए । निशुल्क प्रदान गरिने स्वास्थ्य सामग्री वितरण गरेकाे भेटिएपछि मेडिकलका कागजपत्र नियन्त्रणमा लिइएकाे र यसकाे नियम अनुसारकाे काम हुने स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए ।

पालिकाकाे साेही स्थानमा अर्काे  दर्ता विना सञ्चालनमा आएकाे औषधि पसल समेत भेटिएकाे छ । याेग्यता नभएका व्यक्तिहरुले औषधि विक्री गर्दै आएकाे फेला परेपछि आवश्यक कागजपत्र तयार गरेर मात्र पसल सञ्चालन गर्न निर्देशन दिएकाे पालिका स्थित स्वास्थ्य शाखाले जनाएकाे छ ।

जनशक्ति मा.वि. लेखिएकाे कार्टुन भित्र रहेकाे प्याडमा साे विद्यालयका प्रधानाध्यापककाे सम्पर्क नम्बर अँकित छ । साे विद्यालयका प्रधानाध्यापक चिरन्जिवि काप्रिका अनुसार विद्यालयका लागि प्याड खरिद गर्नुपर्ने भएकाे हुँदा स्याम्पलका लागि माग गरिएकाे र विद्यालयलाइ भनेकाे बाकस मेडिलकमा र मेडिकलका लागि आएकाे विद्यालयमा आएकाे उनले बताए । विद्यालयमा आएकाे सामग्रिमा पनि नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेखिएकाे प्रधानाध्यापक काप्रीले बताए ।

गाउँपालिकाले  सेफ्टी प्याड खरिदका लागि विद्यालयकाे खातामा रकम पठाएकाे शिक्षा शाखाले जनाएकाे छ । विद्यार्थिहरुलाइ निशुल्क  प्रदान गर्ने उक्त प्याडमा नेपाल सरकारद्वारा निशुल्क वितरणका लागि भनेर लेख्नु अनिवार्य हुन्छ, त्याे सामग्री वाहिर विक्री गर्न पाइँदैन, निशुल्क वितरण गर्ने सामग्री विक्रि वितरण गर्ने गराउनेलाइ कारवाहि हुन्छ स्वास्थ्य सेवा विभागका महानिर्देशक निर्देशक डा. दिपेन्द्र रमन सिँहले बताए ।

नेपाल सरकार र दाता दिएकाे स्वास्थ्य सामग्रीहरु जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीहरुकाे मिलिमताेमा निजि मेडिकलबाट विक्री वितरण भइरहेकाे जनगुनासाहरु जिल्लामा निरन्तर आइरहेका छन् ।