गाेरखा अस्पतालका कर्मचारी मिलेर काम गर्ने त्रिपक्षिय सहमति

सोमवार, जेष्ठ २४, २०७८
गाेरखा जिल्ला अस्पताल

गाेरखा । गाेरखा अस्पतालमा निमित्त मेडिकस सुपरिटेन्डेण्टले अस्पतालका चिकित्सकहरु कर्मचारीहरु माथि दुर्व्यहार गरेपछि सिर्जित समस्यालयका लिएर आइतबार दिनभर भएकाे छलफल पछि अस्पतालका सबै कर्मचारीहरु  मिलेर काम गर्ने सहमति भएकाे पत्र प्राप्त भएकाे छ ।


विषम परिस्थितिमा सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी एकजुट भएर कोभिड १९ विरुद्ध लड्ने प्रतिवद्धता व्यक्त गरियो’, कर्मचारी युनियनका अध्यक्ष चिज कुमार श्रेष्ठले भने ।

निमित्त मेडिकल सुपरिटेण्डेण्ट शान्ति भुर्तेल नेपालले नर्सिङ लगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको जागिर खाइदिन्छु भन्दै हप्कीदप्की लगाउने गरेकी थिइन । युनियनले अस्पताल व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेश गरेकाे थियाे ।

गाेरखा अस्पताल उपचार गर्ने केन्द्रकाे रुपमा विकास हुनुपर्नेमा राजनीति गर्ने र जागिर खाने स्थलका रुपमा अघि बढ्ने पाे हाे की भन्दै सर्वसाधरण नागरिकहरु चिन्तित हुँदै आएका छन् ।