बालकिशोरले पठाए एकलाख मूल्य बराबरकाे स्वास्थ्य सामाग्री

सोमवार, जेष्ठ २४, २०७८

पञ्चदेवल नगरपालिका,अछाम । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझिका छोरा बालकिशोर माझिले रु एक लाख बराबरको स्वास्थ्य सामाग्री पठाएका छ्न ।

पछिल्लो समय अछाममा स्वास्थ्य सामाग्री अन्तर्गत सिटामोलसम्मको अभाव थियो । सोही समस्यालाई मध्यनजर गर्दै आपतमा युवा अभियान नेपालका संयोजक समेत रहेका माझिले काठमाडौ बाट मास्क, पिपिइ, सेनिटाइजर,भिटामिन, सिटामोल, एजिथ्रोमाइजिन लगायतका स्वास्थ्य सामाग्री पठाएका हुन ।

उक्त स्वास्थ्य सामाग्री आज आईतवार बिहान उनका आफन्त प्रमोद माझी मार्फत पालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझिलाई हस्तान्तरण गरिएको हो ।

आपतमा युवा अभियानले यस अघि कालिकोट, दोलखा र बिरगंजमा समेत स्वास्थ्य सामाग्री सहयोग गरेको थियो बिगत लामो समय देखि सामाजिक कार्यमा सकृय रहेका बालकिशोर माझि अनेरास्ववियु स्थायी कमिटी सदस्य तथा नेपाल कमर्स क्याम्पस मिनभवनमा अध्ययनरत छन् ।