ओली प्रवृति नहट्दा सम्म गठबन्धन कायम रहन्छ : डा.भट्टराइ

सोमवार, जेष्ठ २४, २०७८

गाेरखा । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले ओली प्रवृति नहट्दा सम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी गठबन्धनलाई दीर्घकालसम्म लैजाने सोच रहेको बताएका छन्  ।  गाेरखामा पत्रकारहरुसँग कुरा गर्दै डा.भट्टराइले भने,’ प्रधानमन्त्रीबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने देखिन्छ । सङ्कट अझै  नटरेकोले यो गठबन्धनलाई स्थानीय तहसम्मै पुर्‍याएर दीर्घकालसम्म राख्ने सोच आफूहरूको रहेको छ । व्यवस्थामाथि नै आक्रमणको प्रयास भइरहेको पनि अहिलेको व्यवस्था नै विघटनको खतरा भएको छ । जसपाको मुल पंङ्ति एकै ठाउँमा भएपनी अदृष्य शक्तिको चलखेल भैरहेको छ । ‘

ओली प्रधानमन्त्री रहेकाे सरकारले गाेरखाकाेमा समानुपातिक भन्दा पनि कम बजेट पठाएकाे बताए   । डा. बाबुराम भट्टराईले टोलिले चिनियाँ सरकारले जसपा पार्टीलाई सहयोग दिएको करिब ६ लाख रुपैयाँ पर्ने अक्सिजन कन्सन्ट्रेटर (हाइड्रोजन अक्सिजन जेनेरेटर) आवस्यकताको आधारमा वितरण गर्न निम्नानुसारको स्थानीय तहलाइ प्रदान गरेकाे छ ।

१. गोनपा   १०
२. पानपा   १
३. सिरानचोक ७ सिम्ले स्वास्थ्य चौकी
४. सहिद लखन   ३
५. भिमसेन थापा
६. आरुघाट गापा