एमाले एकता राष्ट्रिय अभियानका संयाेजक गाैतम भन्छन्- ओलीकाे प्रस्तावलाई इमान्दार एकताकाे प्रयत्न मान्न सकिँदैन

मङ्लबार, जेष्ठ २५, २०७८

काठमाडाैं । नेकपा (एमाले)का नेता वामदेव गाैतमले पार्टी एकताका लागि भन्दै अध्यक्ष केपी शर्मा ओलीले अघि सारेकाे प्रस्तावलाई इमान्दार एकताकाे प्रयत्न मान्न नसकिने प्रष्ट पारेका छन् ।

पार्टीभित्रकाे विवाद चरमाेत्कर्षमा पुगेका बेलासमेत माैन रहेका नेता गाैतमले आज एक वक्तव्य जारी गर्दै ओलीकाे प्रस्तावले एमालेलाई एकताबद्ध बनाउन नसक्ने जिकिर गरेका छन् ।

एमाले एकता राष्ट्रिय अभियानका संयाेजकसमेत रहेका गाैतमले ओली पार्टी कमिटीलाई निःशर्त रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार हुनुपर्ने बताएका छन् ।