युवा व्यावसायि प्रेम खत्रीले दिए गाेरखाका स्थानीय तहलाइ ६ वटा एम्लुलेन्स

बुधबार, जेष्ठ २६, २०७८

गाेरखा । गाेरखा आरुपाेखरी घर भइ काठमाण्डाैमा पर्यटन क्षेत्रमा व्यावसाय गर्दै आएका युवा व्यावसायी प्रेम कुमार खत्रीले गाेरखाका पाँच स्थानीय तहलाइ ६ वटा एम्बुलेन्स प्रदान गरेका छन् ।

खत्रीकाे सँस्था सम्भव नेपालले जिल्लाकाे गाेरखा नगरपालिकाका लागि २ वटा, गण्डकी, भिमसेन थापा, बारपाक सुलिकाेट र धार्चे गाउँपालिकालाइ एक एक वटा प्रदान गरेका हुन् ।

गाेरखा आएका नयाँ ६ वटा एम्बुलेन्सकाे ताँति । तस्वीर किशाेरजँग थापा

यस अघि जिल्लामा ६८ वटा एम्बुलेन्स सञ्चालनमा रहँदै आएका थिए ।