फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसद्वारा हिमालपारीकाे पालिकालाइ स्वास्थ्य सामग्री प्रदान

बुधबार, जेष्ठ २६, २०७८
गाेरखा । फ्रेन्डस अफ सिङ्ला स्टिफटुङ स्विसद्वारा हिमालपारीकाे गाउँपालिका चुमनुव्रीलाइ स्वास्थ्य सामग्री प्रदान गरेकाे छ । सँस्थाका अध्यक्ष साेम गुरुङले  मास्क ४५ सय,अक्सिजन कन्सट्रेटर एक थान,४ वाकस ग्लाेव, एन्टिजेन किन २ बाकस, सेनिटाइजर १० लिटर,पिपिइ १० सेट,नेबुलाइजर एक सेट,नेुवलाइजर मास्क २१, अक्सिजन मास्क १७,नाेजल अक्सिजन सेट १०, भिटामिन सि ४००० थान,बेटाडिन २ बाेतल प्रदान गरेका हुन् ।

सँस्थाका अध्यक्ष गुरुङले गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङलाइ उक्त सामग्री हस्तान्तरण गरेका हुन् । पालिकाकाे लागि सँस्थाले गरेकाे सहयाेगले हिमाली क्षेत्रका नागरिकहरुकाे सेवामा सहयाेग पुग्ने उपाध्यक्ष गुरुङले बताइन । उत्तरी क्षेत्र विकट छ, सामग्री पुर्याउन पनि कठिन भएकाेले सामग्री दिनेहरु हत्तपत्त नपुग्ने अवस्था रहेकाे उनकाे भनाइ छ । सँस्थाले यस अघि गाेरखाकाे निर्वाचन क्षेत्र नम्बर १ र २ का पालिकहरु र सञ्चारकर्मीलाइ स्वास्थ्य सामग्री सहयाेग गरेकाे थियाे ।