निशुल्क वितरण गर्ने स्वास्थ्य सामग्रि विक्री गर्ने मेडिकलसँग पालिकाले माग्याे लिखित स्पष्टिकरण, कमजाेरी भए जिम्मा लिने वडा अध्यक्षकाे भनाइ

बिहिबार, जेष्ठ २७, २०७८

गाेरखा । जिल्लाकाे शहिदलखन गाउँपालिका वडा नम्बर छ स्थित शितल मेडिकल हलले निशुल्क वितरण गर्ने सेनिटरी प्याड विक्री गरेकाे  प्रमाण जुटेसँगै मेडिकल सञ्चालकसँग लिखित स्पष्टिकरण माग गरेकाे छ ।

मेडिकल सञ्चालक श्रेष्ठले भने, “मलाइ काशीनाथ अँगाइ सरले विक्री गर्नका लागि नै पठाउनुभएकाे हाे, विद्यालयमा जानुपर्ने समान मेराे र मेरामा आउनुपर्ने समान विद्यालयमा पुगेकाे मात्रै हाे । नामजुङबाट मलाइ समान ल्याइदिएका हुन् वडा अध्यक्ष जस्ताे जिम्मेवार मानिसले विक्री गर , अहिले पैसा दिनुपर्दैन विक्री गरेपछि दिए हुन्छ भनेर पठाएका हुन् । ” उहाँले मलाइ समान दिने र मैले विद्यालयहरुलाइ समान विक्री गर्ने सहमति भए अनुसार आफूले काम गरेकाे उनले बताए । लिखित प्रष्टीकरण लिएर आज पालिका जान्छु उनले थप भने । वडा अध्यक्ष ज्युकाे निर्देशनमा आफूले काम गरेकाे उनकाे भनाइ छ ।

यता  समान सप्लाइ गर्ने वडा अध्यक्ष काशीनाथ अँगाइले भने आफूलाइ राजनीति पूर्वाग्रह राखेर हमला गरिएकाे भन्दै सामाजिक सञ्जाल मार्फत विलाैना गरेका छन् । समाज सेवामा लाग्दै गर्दा नभएका आराेपहरु आफूलाइ लागेकाे उनले बताए । आफ्नाे परिवारकाे नाममा मेडिकल सामग्री सफ्लार्स रहेकाे र स्याम्पलकाे लागि पठाएकाे उनले बताउँदै आएका छन् । आफ्नाे तर्फबाट कमी कमजाेरी भएकाे भए आफूले जिम्मा लिने उनले बताए ।

यसबारेमा प्रदेश सरकार स्वास्थ्य तथा जनसँख्या मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनाेद विन्दु शर्माले भने ,’नेपाल सरकारद्वारा निशुल्क वितरण भनेर लेखिएका कुनै पनि स्वास्थ्य सामग्री विक्री गर्न पाइँदैन, विक्री गर्ने र विक्रीका लागि समान सप्लाइ गर्ने दुवैलाइ कारवाही हुन्छ । यसबारेमा प्रष्ट लेखिएकाे छ समाज हुने यस्ता प्रवृतिहरुलाइ मिडियाले निरन्तर फलाेअप गर्नुपर्छ । हामी नागरिकहरुकाे जीवन रक्षाका लागि जुटेका छाैँ त्यही राज्यकाे अर्काे नागरिक अर्थाेपार्जनका लागि सरकारी सम्पति विक्री गर्छ भने उसलाइ कारवाही नभए कसलाइ हुने ? प्रमाणहरु सुरक्षित राखेर हामीलाइ सहयाेग गर्नुहाेला उनले भने । ‘

यस अघि मिडियामा आएकाे समाचार हेर्न क्लिक गर्नुहाेस ।