साहित्य

चौध टुक्काकार का १४ उत्कृष्ट टुक्का कविता

By मनासलु

June 29, 2021

१)भन्छिन् आमा भोली रोपाईँ उकेरो लाउँनुपर्छ पानी, नजिक नहर नभएकोले यस्तो सास्ती जिन्दगानी । २)शहरमा त छस् बाबु!बाआमाको गुनासो सुन्छु, बाउसे पाइएन भन्छन् अनि घर सम्झी रुन्छु।

शर्मिला श्रेष्ठ,ललितपुर हाल परदेश

१ हुत्तिहारा नबन्नु होला कहिल्यै पनि हजुर! नत्र हेपिरहन्छ गधालेसम्म सम्झी खजुर। २ आपद्विपद आउँदा कहिल्यै हार नखानु होला साथी! अघि बढ्नु सँधै भन्दै टेक्छु पाइला हिमालचुली माथि। – रतन पाण्डे’पारतन’, दार्जीलिङ।

१ जातिय विभेदको चर्चासँगै सामाजिक सद्भाव ढल्दैछ यो शहरमा, त्यही जात अनि धर्ममाथि नै राजनीति चल्दैछ कोरोनाको कहरमा। २ छुवाछुत र जातिय विभेद अन्त्य गरौं हटाइ संकुचित भावना, दही-चिउरा खाने दिन, धान दिवसको सम्पूर्णलाई शुभकामना। – शम्भु लाल श्रेष्ठ नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

१. हिनताबोध हुन्छ देशका नेतालाई देख्दा यी हातले सधै भरी तिनका कर्तुत लेख्दा । २. नभन्नु थियो भनिहालें देशको यो बेथिती कहिले होला यहॅा आउने राम्रो मात्रै रीती । – राजेशराज गड्तौला रतुवामाई-१०, मोरंग हाल- आबुधाबी, युएई

१. जनता प्रति कुनै जिम्मेवार छैनन् नेता, मिलेर लागेका ढुकुटी रित्याउन उता । २. खै यो देशमा सधैं देखिन्छ अत्याचार निमुखा गरिब माथि हुन्छ हारैहार। – दुर्गा भट्टराई

१ फर्कि आऊ आफ्नै गाउँ मलाई सम्झी, मर्छु होला तिम्रै सामु यादमा अल्झी। २ कुरेर बसी जीवन काटेँ तिम्रै पर्खाईमा, तिम्रो माँया पाउन धाएँ अस्ति अड्डाईमा। – कल्पना थामी, सिन्धुपाल्चोक

१ अब नगरौं भन्छु मान्दैन यो मन भाङ भाएर भएको छु रन बन। २ मदिरा पिएर जथाभावी नबोल, दुईदिनको जीवन हो अनमोल! – प्रेम सुनार, दैलेख

१ गाउँ घरमा खाने सुर्तीमा पातको, नेपाली हामी नगरौँ कुरा जातको। २ मिलाई काठ ठोकेर काँटी बनाउने खाट, हातमा मिलाई एउटै सम्झी दिने हो साथ। – अनुग्रह राना मगर (पुस्प) संखुवासभा हाल मलेसिया

१ देशका लागी ज्यान दिन्छु शत्रु छिर्न दिन्न आमा, पाले बनि बसेकोछु म त देशको सिमानामा । २ सिमा मिच्न खोज्दैछन रे छिमेकोले आजभोली, तयारी छौ देशका लागी मर्न मार्न हाम्रो टोली । – नवशिला बेलबारी -२, लालभित्ती,मोरङ हाल: गोदावारी, ललितपुर

१ त्यो छोडेको बगर लिन आइसक्यो खोली, नेता ज्यु घुस खाए पनि भरिदैन झोली । २ जो रक्षक छ उहीँ भयो भक्षक वनको, हिफाजत कस्ले गर्ला खै नेपाल धनको ? – विनोद रिजाल, बेलबारी

१ निर्दोष यो छाती भित्र लागेको छ ठूलो घाउ, भेटिएन न टाँका न मलम लाउने ठाउँ । २ घर सम्हाल्न सकेको छैन देशको कुरा, मिठा भाषणमा जनता माथी तिखा छुरा। – भुपेन्द्र राना मगर नीलकण्ठ न• पा• २, धादिङ

१.लुडो भए जाँदैन अन्त ध्यान , नखाएरै सुक्दैछ मेरो ज्यान । २. घरमा त्यसै त कराउँछन् बुडोले , अचेल टुक्का लेख्न बिर्सायो लुडोले । – ललिता अभागी सुनकोशी ५ सिन्धुली

१ कैलाशका अधिपति शिव बाबा रमाएर पुम्दिकाेटमा आइबसे आशन जमाएर । २ पर्यटनको प्रबर्द्धनमा पाेखराकाे शान्छ, भक्तजनको आस्थाविश्र्वास पूरा ध्यान तान्छ । – रामकृष्ण दवाडी

१ आकाशमा कालो बादल छायो, सिन्धुपाल्चोक बाढीले बगायो । २ उर्लिए मेलम्ची किनार तोडी, भागम्भाग रातैमा घर छोडी । – गाेपाल कृष्ण ढंगाेल महाराजगञ्ज, काठमाडाैं हाल इटहरी सुनसरी ।