गाेरखा । सुत्केरी महिलाकाे लागि भिमसेन थापा गाउँपालिकाले पाेषण भत्ताकाे सुरुवात गरहेकाे छ । स्वास्थ्य चाैकीमा बच्चा जन्माउने महिलाका लागि एक हजार पाँचसय पाेषण भत्ता दिने गरेकाे गाउँपालिका उपाध्यक्ष विनु वाग्लेकाे भनाइ छ । नियमित चेकजाँच गराएबापत दिइने सुविधा बाहेक उक्त रकम दिने गरेकाे उपाध्यक्ष वाग्लेकाे भनाइ छ ।
स्वास्थ्य चाैकीमा सुत्केरी गराउँदा समस्या भएमा पालिकाले एम्बुलेन्स मार्फत सुविधा रहेकाे अस्पतालमा पुर्याउने गरेकाे छ । काेराेना सङक्रमण भएका विरामिहरुलाइ एम्बुलेन्स सुविधा निशुल्क रहेकाे उनले बताइन । पालिका भित्र ६ वटा स्वास्थ्य चाैकीमा वर्थिङ सेन्टर रहेका छन् । पालिका भित्रका पाँचवटा स्वास्थ्य चाैकीमा एकसाथ आमा घर निर्माण गर्ने तयारी भइरहेकाे उनले जानकारी दिएकी छन् । अश्राङ स्वास्थ्य चाैकीलाइ भने काेविड अस्पताल बनाइएकाे छ । उक्त अस्पतालमा डाक्टरले सेवा दिइरहेका छन् ।
सरकारले स्वास्थ्य चाैकीमा सुत्केरी गराउन आउनेलाइ यातायात खर्च दुइ हजार, नियमित स्वास्थ्य जाँच गराइरहेकालाइ अाठसय रुपैयाँ प्रदान गर्दै आएकाे छ । त्यसमा पालिकाले एक हजार पाँचसय थप रकम प्रदान गरेकाे हाे । अहिले सम्म १५० जना भन्दा धेरैलाइ पाेषण भत्ता प्रदान गरिएकाे स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । स्वास्थ्य सँस्थामा सुत्केरी गराएकाे आधारमा स्वास्थ्य चाैकीकाे खातामा एकमुष्ट रकम पठाउने गरेकाे उनकाे भनाइ छ ।