आँवुखैरेनी, तनहुँ । अनुसन्धान तथा दिगाे विकास केन्द्रद्वारा आँवुखैरेनी गाउँपालिकालाइ ७ थान अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री प्रदान गरेकाे छ । काठमाण्डाैमा रहेकाे उक्त सँस्थाले ५० थान पिपिइ, अक्सिमिटर ३ थान,सरसफाइ गर्ने कर्मचारीले लगाउने ८ थान पिपिइ र खाद्यन्न सहयाे गरेकाे हाे ।
सहयाेग लिदैँ गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले प्राप्त भएका सामग्री विरामीहरुकाे उपचारका क्रममा प्रयाेग गरिने बताए । सहयाेग गर्ने सँस्थालाइ धन्यवाद दिँदै दुखकाे समयमा राज्यलाइ सहयाेग गर्नु अत्यन्त सर्हाननीय रहेकाे बताए ।
कार्यक्रममा अनुसन्धान तथा दिगाे विकास केन्द्रद सुजाता काेइरला, लक्ष्मी प्रसाद काेइराला, एन्जिला काेइराला, आँवुखैरेनी गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, कार्यपालिका सदस्य मिलन भुजेल लगायतकाे सहभागिता रहेकाे गणेश थापाले जानकारी दिए । केन्द्रले अत्यावश्यक परेका स्थानमा सहयाेग गर्दै जाने बताएकाे छ ।