तनहुँ । डुम्रे–बेशिसहर सडकखण्डमा पहिरो जादा सडक अवरुद्ध भएको छ । भानु–१ भन्सार स्थित अँधेरीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्घ बनेको हो । सडक अवरुद्व हुदा अहिले भन्सार क्षेत्रमा सयौ सवारी साधान र यात्रु अलपत्र परेका छन् । विहान सात बजेबाट अवरुद्व भएको सडक अझै संचालनमा आउन सकको छैन् । ठूलो पहिरो खसेकाले सडक खुलाउन ४/५ घण्टा लाग्ने अस्थायी ट्राफिक प्रहरी कार्यालय डुम्रेका प्रहरी कुमार बस्नेतले जानकारी दिए । अहिले जेसिबीले पहिरो हटाइरहेको छ । पहिरो हटाउने कार्य जारी रहेको छ ।