बारपाक सुलिकाेट गाउँपालिकाद्वारा उन्नत जातकाे पाठापाठी वितरण

बुधबार, असार २, २०७८

गाेरखा । जिल्लाकाे बारपाक सुलिकाेट गाउँपालिकाले किसानहरुका लागि उन्नत जातकाे बाख्राका पाठापाठि वितरण गरेकाे छ । सँघीय सरकार र पालिकाकाे साझेदारी कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा २३ पाठा र २७ पाठी वितरण गरिएकाे पशु शाखा प्रमुख डाक्टर अमृत पाेखरेलले बताए ।

वितरण भएका पाठापाठीकाे निशुल्क विमा गरिनुका साथै किसानहरुलाइ अाैषधी समेत प्रदान गरिएकाे पाेखरेलले बताए ।