गाेरखा नगरपालिकाद्वारा स्थानीय पत्रपत्रिका र रेडियाेलाइ अनुदान कार्यक्रम

बिहिबार, असार १०, २०७८

गाेरखा । गाेरखा जिल्लामा स्थानीय पत्रपत्रिका र रेडियाेहरु सञ्चालन भएकाे लामाे समय पछि गाेरखा नगरपालिकाले स्थानीय सञ्चार माध्यमलाइ लाेककल्याणकारी अनुदान कार्यक्रम ल्याएकाे छ । नगरकाे आठाैँ नगरसभाबाट जिल्लाबाट प्रकाशित हुने तीन वटा दैनिक पत्रिकालाइ एक लाखका दरले तीन लाख अनुदान दिने भएकाे हाे ।

सामुदायिक तथा नीजि रेडियाेका बिजुली विलमा ५० प्रतिशत भुक्तानी नगरपालिकाले गर्ने नीति तथा कार्यक्रममा बजेट सहित उल्लेख छ । रेडियाे कार्यक्रम उत्पादनका लागि पाँच लाख रुपैयाँ बिनियाेजन भएकाे छ ।