जापानमा युवा व्यवासायि अधिकारीले खाेले चाैताराेकाे नयाँ शाखा, नेपाली उत्पादन र परिकार विक्रि गरिने

बुधबार, असार १६, २०७८

याेकाेहा, जापान । युवा व्यवसायी केशव अधिकारीले जापानकाे याेकाहामा चाैताराेकाे नयाँ शाखा खाेलेका छन् । अत्याधुनिक भवनमा चाैताराेकाे नयाँ शाखा विस्तार गर्न लागेकाे उनले बताए । जुलाइ १३ तारिकका दिन नयाँ शाखाकाे उद्घाटन हुनेछ । जापानमा रहनुहुने सबै नेपाली दाजूभाइ दिदि बहिनीहरुलाइ उद्घाटन कार्यक्रममा सहभागि भइदिन उनले आग्रह गरेका छन् ।

जापानमा  ठेट नेपाली घरनाको रुपबाट स्थापित  चौतारो ग्रुपले थप नयाँ शाखा बिस्तार गर्न लागेको हाे  । जापानकाे खानागावा केन स्थित योकोहामा मिनातो मिराइ रेल स्टेसन बाट २ मिनेट पैदल पछी ग्रान्ड सेन्टर नामको अत्याधुनिक बिल्डिङमा उक्त शाखा थपिन लागेको हो ।

एक बर्ष पहिला नेपाली ४ करोड भन्दा बढी लगानिमा नेपाली स्वाद दिने रेस्टुरेन्ट समेत खोलेको चौतारो ग्रुपले नेपालीले दैनिक उपभोग गर्ने तरकारी समेत बेचबिखन गर्न थालेको थियाे ।

चौतारोले नेपाली तने बोडी ,साग ,हरियाे कर्कलाे ,पिडालु ,तिते करेला ,भक्तपुरे लाेकल काँक्रो ,बास्नादार घिरौला , फर्सी र धनीयाको समेत उत्पादन र बेचबिखन गर्दै जापानको जुनसुकै ठाउमा पनि अर्डर अनुसार तरकारी पुर्याउने सुबिधा समेत दिदै आएको छ ।

ग्रुपले हलालका सामान समेत सुपथ मुल्यमा दिने गरेको जनाएकाे छ । एउटै छाना मुनी सबै सेवा सुबिधा दिने जापानकै पहिलो ग्रुप चौतारो रहेको संचालक अधिकारीले मनासलु डटकमलाइ बताए ।

व्यवसायिक अनुभव र आफ्नो दैनिकी खट्ने खटाइले राम्रै प्रतिफल दिनेमा ढुक्क छन् अधिकारी ! उनी थप्छन्  । हामीले हाम्रै रेस्टुरेन्टमा नेपालीको बिहे ,ब्रतवन्ध, पास्नी समेत गर्ने गराउने सुबिधा दिदै आईरहेका छौँ उनले भने ।

अधिकारीकाे पहलकदमीमा  जापानमा  जापानी ओकिलहरु राखेर नेपालीहरुको भिसाका समस्याहरुका बारेमा सघाउँदै आएका छन् ।