गाेरखा । काेराेना सङक्रमण भइ ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका बक्राङका ४८ वर्षिय पुरुषकाे आज निधन भएकाे छ । साविक बक्राङ २ भोगटेनी घर भएका इन्जिनियर प्रकाश अर्यालकाे निधन भएकाे उनकाे परिवारले पुष्टि गरेकाे छ ।
अमरज्योति जनता मा. वि लुइँटेलमा विद्यालय शिक्षा अध्ययन गरी थापाथली इन्जिनियरिङ क्याम्पसबाट स्नातक गरेका अर्याल विगत लामाे समयदेखि सूर्य टोवाक्को कम्पनीका वरिष्ठ इन्जिनियर रहि काम गर्दै आएका थिए ।