Breaking News

नेपालमा १० जना नयाँ मन्त्रीले ८ बजे सपथ लिने

By मनासलु

June 04, 2021

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षबाट ८ जना मन्त्री र २ जना राज्यमन्त्री बनेका छन् । उनीहरूले आज साँझ ८ बजे पथग्रहण लिने भएका छन् ।

जसपाका नेता डा. सुरेन्द्र झाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ठाकुर पक्षले विगत केही दिनदेखि छलफल गर्दै आएका थिए । यसबीच प्रधानमन्त्री ओलीले जसपालाई ८ मन्त्रसहित २ राज्यमन्त्री दिने सहमति भएको थियो ।

नेता डा. झाका अनुसार राजेन्द्र महतोले उपप्रधानमन्त्री तथा सहरी विकास, शरद सिंह भण्डारीले ऊर्जा तथा जलस्रोत, अनिल झाले खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्णले भूमि व्यवस्था तथा सहकारी, बिमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन तथा वातावरण, चन्दा चौधरीले महिला तथा बालबालिका, एकवाल मियाँले युवा तथा खेलकूद, चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङले महिला बालबालिका राज्यमन्त्रीमा सपथ लिँदैछन् ।