गाेरखा । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले ओली प्रवृति नहट्दा सम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चासहित विपक्षी गठबन्धनलाई दीर्घकालसम्म लैजाने सोच रहेको बताएका छन् । गाेरखामा पत्रकारहरुसँग कुरा गर्दै डा.भट्टराइले भने,’ प्रधानमन्त्रीबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने देखिन्छ । सङ्कट अझै नटरेकोले यो गठबन्धनलाई स्थानीय तहसम्मै पुर्याएर दीर्घकालसम्म राख्ने सोच आफूहरूको रहेको छ । व्यवस्थामाथि नै आक्रमणको प्रयास भइरहेको पनि अहिलेको व्यवस्था नै विघटनको खतरा भएको छ । जसपाको मुल पंङ्ति एकै ठाउँमा भएपनी अदृष्य शक्तिको चलखेल भैरहेको छ । ‘
ओली प्रधानमन्त्री रहेकाे सरकारले गाेरखाकाेमा समानुपातिक भन्दा पनि कम बजेट पठाएकाे बताए । डा. बाबुराम भट्टराईले टोलिले चिनियाँ सरकारले जसपा पार्टीलाई सहयोग दिएको करिब ६ लाख रुपैयाँ पर्ने अक्सिजन कन्सन्ट्रेटर (हाइड्रोजन अक्सिजन जेनेरेटर) आवस्यकताको आधारमा वितरण गर्न निम्नानुसारको स्थानीय तहलाइ प्रदान गरेकाे छ ।
१. गोनपा १० २. पानपा १ ३. सिरानचोक ७ सिम्ले स्वास्थ्य चौकी ४. सहिद लखन ३ ५. भिमसेन थापा ६. आरुघाट गापा