Breaking News

प्रदेश साँसद दवाडिले दिए स्वास्थ्य सँस्थालाइ म्याद गुज्रिएका औषधि

By मनासलु

June 08, 2021

गाेरखा ।  क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यमा नेपाली काग्रेसबाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीले कोरोना संक्रमित बिरामीका लागि स्वास्थ्य संस्थालाई उपलब्ध गराएको बिभिन्न औषधीहरु म्याद गुज्रेको (डेट एक्सपायर) भएको पाइएको छ । सांसद दवाडीले कोरोना संक्रमण फैलिएको जिल्लाका बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित सौरपानी, रन्चोक स्वास्थ्य चौकीलाई बितरण गरेको औषधी म्याद गुज्रेको पाइएको हो ।

संक्रमितका लागि भनेर बितरण गरिएको औषधी म्याद गुज्रेको भेटिएपछि स्वास्थ्य संस्थाले नै उक्त औषधीहरु छुट्याएर राखेको पाइएको एक स्वास्थ्यकर्मीले बताएका छन् । ‘म्याद गुज्रेको औषधि भेटिएको हो, एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने खोकीका औषधी, पखाला लागेको एन्टिबायेटिक औषधीहरु म्याद गुज्रेको पाइएको हो, हामीले ति औषधीलाई छुट्याएर राखिसकेका छौ ।’ मेट्रोन डिएफ ५९ वटा मध्ये ३२ वटाको म्याद गुज्रेकोमा पाइएपछि स्वास्थ्यकर्मीले औषधी उपलब्ध गराउने व्यक्तिलाई जानकारी गराएपछि डिस्पोज गरिदिन भनेका थिए ।

‘म्याद गुज्रेको औषधी संक्रमित बिरामीहरुलाई बितरण गरिसकेको अबस्था होइन, ति स्वास्थ्यकर्मीले भने, ‘स्वास्थ्य चौकीमा हामीलाई उपलब्ध गराए लगत्तै हेरेर म्याद बाँकी रहेका र नरहेका छुट्याएर राखेका छौ ।’ यता सांसद दुवाडीले पनि आफुहरुले स्वास्थ्य संस्थालाई बितरण गरेका औषधीहरु केही म्याद गुज्रेको भेटिएकाले बितरण गर्नु अघि नै छट्याइएर राखिएको दावी गरेका छन् ।  अलिअलि औषधी म आफैले खरिद गरेको र केही औषधी शुभेच्छुक साथिहरुबाट संकलन गरिएको हो, उनले भने, स्वास्थ्य संस्थामा पुर्याएर त्यहीँ स्वास्थ्यकर्मीको रहोबरमा म्याज गुज्रेका औषधीहरु छुट्याइएको थियो, जनतालाई बितरण गरेको भन्ने कुरा होइन ।