Breaking News

कोरोना नियन्त्रण कोषमा ३ दिनकाे पारीश्रमिक जम्मा गरिने

By मनासलु

June 10, 2021

गाेरखा । जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी र शिक्षकहरुले  कोरोना नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् ।

गाउँकार्यपालिकाको  बैठकले पालिका मातहतको कोभिड नियन्त्रण कोषमा जनप्रतिनिधी, कर्मचारी र शिक्षकको ३ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले बताए ।

कार्यपालिकाको बैठकले असार १० गते गाउँसभा गर्ने निर्णय गरेको उनले बताए ।