पुजेर ढुङ्गा वालेर पाउमा दीप मागेर उसै संग साेधीरहेछ समय अध्याराे प्रश्नकाे उज्यालो जवाफ जवाफ छ त ढुङ्गा संग? स्मरण छ त ढुङ्गा बाेलेकाे? बनेर मधुर घामका किरण झै सड्कमा जुलुस गरिरहेछन भाटहरु कठाघरामा उभिएर सर्वत्र फैसला माग्दैछन मूर्ख हरु गरेर अान्दाेलन ढुङ्गाकाे सहाराले कतै अनवरत पुजेर ढुङ्गा पहाडहरु आश्चर्य मग्न छन् वतासहरु चुपचाप छन् नदि र जूनताराहरु चिन्ता मग्न छन एक अापसमा प्राय मान्छेहरु ढाेगि रहन्छन मागिरहन्छन असुरक्षित वर्तमान ढुङ्गा,ढुङ्गा हाे भविश्य कसरी बताउछ विचारकाे इन्द्रेणी बनेर विच बाटाेमा ठिङ्ग छ ढुङ्गा संवेदनाकाे समून्द्र भित्र खियालागेर आफै एउटा कमजाेर समय भित्र पराजित मन बाेकेर अमूल्य आस्थाका रङ्ग चढाएर सुन्दर विस्वास पूजिरहन्छन हर विहानी घामकाे किरण छेकेर मागेर वरदान ढुङ्गा संग यत्र तत्र सर्वत्र छरियका ढुङ्गा चुपचाप छन माैन छन् न ढुङ्गा संग समयकाे जवाफ छ न कुनै ईतिहास नै जीवित छ ढुङ्गा र मान्छेकाे मित्रता क्षणिक जस्ताे अफसाेच ढुङ्गा महान छ विशाल पहाड बाेकेकाे छ तै पनि खै ढुङ्गाकाे ईतिहास ??? – श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर,