असार १४, गाेरखा। गोरखामा गत चाैविस घण्टामा ४७ जनामा कोरोना सङक्रमण देखिएकाे छ । अाज मात्र गरिएकाे परीक्षणमा ७ जनामा कोरोना पुष्टी भएको छ । जिल्लाका ३ स्थानिय तहमा गरिएको कोरोना परिक्षणका क्रममा ७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । संक्रमण पुष्टी भएकाहरुमा पालुङटार नगरपालिका, आरुघाट र अजिरकोट गाउँपालिकामा रहेका छन् ।
एन्टिजेन परिक्षणका क्पालुङटार नगरपालिकामा १\१ जना महिला र पुरुष, आरुघाट गाउँपालिकामा २्\२ जना महिला र पुरुषमा र अजिरकोटमा १ जना पुरुषमा संक्रमण देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आज ५ जना महिला र ६ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो ।
२४ जना महिला र २३ जना पूरूषमा सङक्रमण पुष्टि भएकाे स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएकाे छ ।