
आईपीएलमा दुई टोली थप्ने निर्णय २०२० नै भएको हो। अहिले आईपीएलमा ८ टीमको सहभागिता रहँदै आएको छ।
तर, कोरोना महामारीको कारण बीसीसीआईले हात झिक्नुपर्यो। बीसीसीआईले आईपीएल २०२१ मा ८ टीमलाई मात्रै खेलायो ।बीसीसीआई चाँडै आईपीएलमा दुई नयाँ टिमलाई प्रवेश दिन गइरहेको छ। क्रिकबज रिपोर्टका अनुसार २०२२ को आईपीएलमा १० टिम देख्न सकिने छ। फ्रेन्चाइजी खरीद गर्नेहरूले मोटो रकम तिर्नुपर्ने छ ।बीसीसीआईले आईपीएलमा नयाँ टिमलाई प्रवेश दिन ठूलो आधार मूल्य घोषणा गर्ने निर्णय गरिसकेको छ।
प्रतिवेदनका अनुसार आईपीएलमा नयाँ टीम किन्न फ्रेन्चाइजीले कम्तिमा १ हजार ८५० करोड भारु खर्च गर्नु पर्नेछ ।
८ टोली लामो समयदेखि आईपीएल खेल्दैछन्। तर, बीसीसीआईले अब आईपीएल विस्तार गर्ने निर्णय गरिसकेको छ। जसमा थप दुई वटा टिम समावेश हुनेछन् र यसरी म्याचको संख्या पनि बढ्नेछ।
दुई अन्य शहरहरूमा पनि प्रतियोगिता आयोजना हुनेछ। यस तरिकाले विश्वमा यो सर्वाधिक लोकप्रिय लिग र अधिक चाखलाग्दो हुनेछ। यससँगै धेरै खेलाडी र कामदारले पनि काम पाउनेछन्।
आईपीएलमा हाल मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, पञ्जाब किंग्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी), दिल्ली क्यापिटल र सनराइजर्स हैदराबाद खेलिरहेका छन्।
आईपीएल २०२२ मा अहमदाबाद र पुणेबाट एकएक टोली थपिन सक्ने सम्भावना छ ।