Breaking News

पृथ्वि राजमार्ग अवरुद्ध

By मनासलु

July 01, 2021

ठाउँ ठाउँमा गएकाे पहिराेका कारण पृथ्वि राजमार्ग अवरुद्ध भएकाे छ । पहिराेका कारण सडक अवरुद्ध भएकाे हाे । बाटाेमा ठूला ढुङ्गा रु रुख खसेका कारण अवराेध हटाउन कठिनाइ भएकाे प्रहरीले बताएकाे छ ।

डुम्रे दमाैली सडक खण्डकाे छिर्कनेमा सबै भन्दा ठूलाे पहिराे खसेकाे छ । छाब्दी खाेलाले पुल बगाएकाे छ । पुल बगाएपछि बुधिसिँ राजमार्ग हुँदै बन्दिपुर, देवघाट र आँवुखैरेनी गाउँपालिकाका गाउँ जाने बाटाे अवराेध भएकाे छ । साथै ब्यास नगरपालिका वडा नम्बर १४ केशवटार क्षेत्र जाने बाटाे समेत अवराेध भएकाे छ ।