Breaking News

गाउँलेबाट तिन भैँसिकाे उद्दार

By मनासलु

July 01, 2021

पालुङटार नगरपालिका वडडाडामा तिन भैँसिकाे गाउँलेहरुले उद्दार गरेका छन् । आज २०७८ असार १७ गते बिहान ६ः०० बजेको समयमा अचानक ठूलो पहिरो गएको थियाे । राउतेपानी गाउँका मानिसहरुलाई तत्कालका लागि सगरमाथा प्राथमिक विद्यालयमा बसोबासको व्यवस्था गरिएको छ ।

लिगलिगकोटको पूर्वी भागमा अवस्थित खोल्ली गाउँमा ठकुरी गाउँका केही घर, गोठहरु पुरिएको अवस्था छ भने ढाँक्रेस्वाँरामा पनि केही घरहरु बगेका छन् । बिहानको समय भएका कारण मानवीय क्षति भएको छैन ।

घरमा भएका लुगाफाटा, भाँडाकुँडादेखि अन्नपात झिक्न पाएको अवस्था छैन । क्षतिग्रस्त घर तथा जोखिमयुक्त क्षेत्रका वासिन्दाहरु वरपरको सुरक्षित स्थानका घरहरु र विद्यालयमा जम्मा भएर बसेको अवस्था छ । विशेषगरी खोल्लीगाउँ, कोटगाउँ, ठूलो वन क्षेत्र, मैबल, राउतेपानी, पाच्यान, ढाँक्रेस्वाँरा क्षेत्रमा बढी क्षति पुगेको देखिन्छ । पहिरो बगेको ठाउँहरुको विभिन्न भागबाट ठुल्ठूला पानीको मुल पलाएको अवस्था छ । क्षतिग्रस्त क्षेत्रमा गाउँबासीहरुदेखि स्थानीय जनप्रतिनिधिहरु र नेपाल प्रहरीहरु अवलोकन तथा उद्दार कार्यमा जुटिरहेका छन् ।