Breaking News

एक्लेफाँट र गाेप्लिङ जाेड्ने पुल मरस्याङ्दीमा खस्याे

By मनासलु

July 02, 2021

गाेरखा । तनहुँकाे आँवुखैरेनी गाउँपालिका वडा नम्बर १ एक्लेफाँट र गाेरखाकाे गाेरखा नगरपालिका वडा नम्बर १४ गाेप्लिङफाँट जाेड्ने पुल मर्स्याङ्दी नदिमा खसेकाे छ ।

तीन दिनदेखि परेकाे अविरल वर्षातका कारण पुलकाे पिलर नदिमा खसेकाे हाे । पुल खसेपछि गाउँलेहरुलाइ आवतजावत गर्न समस्या भएकाे स्थानीय कृष्ण महतले बताए । यस पुलबाट दैनिक हजार जना भन्दा धेरै नागरिकहरु अाेहाेरदाेहाेर गर्दथ्ये ।