समाचार

धार्चेका चार जना कर्मचारी र एक जना जनप्रतिनिधिमा काेराेना सङक्रमण पुष्टी

By मनासलु

July 07, 2021

गोरखा असार । धार्चे गाउँपालिकामा कार्यरत ४ जना कर्मचारी र १ जनप्रतिनिधिमा कोरोना संक्रमणको पुष्टी भएको छ । गाउँपालिका एक वडासदस्यलाई कोरोना संक्रमण पुष्टी भएको हो । पालिकामा कार्यरत कर्मचारीहरुमा स्वास्थ्य समस्या देखिएपछि आइतबार लिइएको थियो ।

पालिका स्वास्थ्य संयोजक अमृतबहादुर घलेका अनुसार धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको आरुघाट क्षेत्रबाट कार्यालय सञ्चालन गर्दै गर्दा केही कर्मचारीहरुमा ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि उहाँहरुको असार २० गते पीसीआर गरिएको थियो । कार्यालयमा कार्यरत लेखा शाखाका एक जना, ईन्जिनियर १ जना, योजना अधिकृत र कम्प्यूटर अपरेट र वडा सदस्यलाई कोरोना देखिएको हो ।

संक्रमण देखिएका सबै कर्मचारीहरुलाई छुट्टै स्थानमा राखेर कार्यालयको काम भई रहेको पालिका अध्यक्ष सन्तबहादुर गुरुङले बताए । असारको चटारो छ । कर्मचारीहरु सबैलाई सुरक्षित राखेर कोठा भित्रै सबै कुराको ब्यवस्था मिलाएर कार्यालयको काम भई रहेको अध्यक्ष गुरुङ बताए ।