Breaking News

पालुङटार २ आँपपिपलमा ५५ घर विस्थापित, नेता श्रेष्ठ पुगे पिडितका गाउँमा

By मनासलु

July 09, 2021

गाेरखा । जिल्लाकाे पालुङटार नगरपालिका क्षेत्रमा आएकाे पहिराेका कारण पिडित भएका नागरिकहरुका घर गाउँमा नेकपा प्रवक्ता समेत रहेका राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ पुगेका छन् ।  पालुङटार वडा नम्बर २ मा ६ घर पूर्ण विस्थापित र ४९ घरधुरी जाेखिम भइ अन्यन्त्र बसाेबास गरिरहेका वडा अध्यक्ष लाेकनाथ वाग्लेले बताए ।

पहिराेले विस्थापित भएका नागरिकहरु चिसाे भुइँमा आकाशलाइ नै छानाे मानेर बसिरहेका बेला श्रेष्ठ त्रिपाल र कम्मल सहित  पुगेका हुन् । नेता श्रेष्ठ पुगेर सहयाेग गरेपछि गाउँमा भगवान प्रकट भएकाे आभाष भएकाे स्थानीयहरुले बताएका छन् ।

हप्ता दिन पुग्दा समेत कसैले सहयाेग नगरेकाे उनले बताएका छन् । पराेपकारमा लागेकाे बताउने  सामाजिक सँघ सँस्थाहरु समेत पहिराे पिडितहरुलाइ टुलुटुलु हेरेर बसेकाे तर सहयाेग नगरेकाे स्थानीय कृष्ण परियारले बताए ।

वडा तहमा प्रकाेपका समय दिने सामग्री नभएकाे र पालिकाबाट आएकाे सामग्री सबैलाइ पुर्याउन नसकिएका कारण नेताकाे सहयाेग लिनु परेकाे गाउँलेहरुकाे भनाइ छ ।

पहिराेले घर बगाएपछि सहरा विहिन बनेका बुढाबुढि, बालबालिकाहरुलाइ श्रेष्ठले न्यानाे कपडा समेत वितरण गरेका थिए । पिडितहरुलाइ त्रिपाल प्रदान गरिएकाे छ । एक थान त्रिपालले परिवार अाेत लाग्न , अन्न ढाक्न प्रयाप्त नभएकाे उनीहरुले बताएका छन् ।

सामाजिक सँघ सँस्थाहरुलाइ अनुराेध गरिएपनि समयमै सामग्री प्राप्त नभएकाे वडा कार्यालयले जनाएकाे छ । नगरपालिकाले प्रकाेपग्रस्त क्षेत्रमा वडाकाे समन्वयमा मात्र एकद्वार प्रणालीबाट पीडितलाइ अत्यावश्यक सामन वितरण गर्न यस अघि नै सञ्चार गरेकाे पालुङटार नगरपालिका उप प्रमुख पम्फा बसेलले बताइन ।