Breaking News

बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाका लागि एक हजार पाँचसय नगद

By राजेन्द्र न्याैपाने

July 10, 2021

भिमसेन थापा गाउँपालिका, गाेरखा । जिल्लाकाे भिमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेकाे बर्थिङ सेन्टरमा बच्चा जन्माउने महिलाहरुका लागि एक हजार पाँचसय रुपैयाँ नगद प्रदान गर्ने गरेकाे पालिका उपाध्यक्ष विनु वाग्लेले बताइन । स्वास्थ्य सँस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवै जनाकाे सुरक्षा हुने भएकाले सबै गर्भवती महिलाहरुलाइ बच्चा जन्माउने समयमा स्वास्थ्य सँस्था जान अनिवार्य गरिएकाे वाग्लेकाे भनाइ छ ।

पालिका भित्र रहेका सबै स्वास्थ्य सँस्थामा वर्थिङ सेन्टर निर्माण गरिएकाे छ । स्वास्थ्य सँस्थामा आमाघर निर्माण गर्ने र सुत्केरी महिलालाइ एक हप्ता सम्म आमा घरमा राखेर स्याहार गरि बलियाे बनाएर घर पठाउने याेजना पालिकाकाे रहेकाे उनले बताइन । पालिकाले अश्राङ स्वास्थ्य चाैकीमा डाक्टर सहितकाे सेवा प्रदान गरिरहेकाे छ ।

स्वास्थ्य सँस्थमा बच्चा जन्माउँदा थप समस्या भएमा पालिकाकाे एम्बुलेन्स मार्फत सुविधा  सम्पन्न स्थानमा लैजाने गरिएकाे छ । स्वस्थ्य बच्चाकाे जन्मका लागि पालिकाले नियमित खाेप, गर्भवती महिलाहरुकाे पाेषणबारे जानकारी र सहयाेग गर्दै आएकाे स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । सुत्केरि महिलाका लागि सँघीय सरकारले उपलब्ध गराउने नियमित सुविधा बाहेर पालिकाबाट एक हजार पाँचसय प्रदान गर्ने गरिएकाे उनकाे भनाइ छ । याे वर्ष एकसय भन्दा धेरैले सुविधा लिएका छन् । स्वास्थ्य सँस्थाले तत्काल दिएर पठाउने र पछि पालिकामा फाइल पेश गरेर लिने गरेका छन्, उनले भने ।