Breaking News

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि यूनियन (क्रान्तिकारी) गोरखाको संयोजकमा बिष्णु पाण्डे

By मनासलु

July 11, 2021

असार २७, गाेरखा । नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थि सँगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि यूनियन (क्रान्तिकारी) गोरखाको संयोजकमा बिष्णु पाण्डेलाइ चयन गरेकाे छ । अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले पठाएको परिपत्रमा संगठनको संयोजकको जिम्मेवारी पाण्डेलाई दिइएको उल्लेख छ ।

संगठनको सह–सयोजकहरुमा नबिन घिमिरे, सुलभ अम्गाई, सरोजबल्लभ भट्टराई, र रमा श्रेष्ठलाई जिम्मेवारी दिइएको संगठनका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले जानकारी दिए । संगठनले तत्कालिन जिल्ला संयोजक सञ्जिव थापामगरलाई भने संगठनको साधारण सदस्य समेत नरहने गरि कारवाही गरेको जनाएको छ ।

लामो समयदेखि संगठनमा निस्कृय भएको र संगठनको बिधि र नीति बिपरित कार्यगरि कम्युनिष्ट आर्दश र चरित्रबाट थापामगर बिचलित भई पछिल्लो समय प्रतिमगनका पक्षधर एमाले केपी ओली समुहको पक्षपोषणमा लागेका थिए । थापाले  नगद आर्थिक लाभ  लिएर क्रान्तिकारी विद्यार्थि सँगठन परित्याग  गरेका थिए । पछिल्लाे समय रुढिबादी र अन्धविश्वास क्रियाकलापमा सक्रिय थापा नैतिक हिसावले क्रान्तिकारी परित्याग गरेकाे थापाले बताएका छन् ।

थापामा आर्थिक, साँस्कृतिक र नैतिक विचलन देखिएकाे थियाे । सँगठनले कारवाहीकाे तयारी गर्दै गर्दा सङठन छाेडेर भागेकाे थापा निकटवर्तीहरुले बताएका छन् । थापा जहाँ पुगेपछि व्यवहार सुध्रनेमा शँका रहेकाे उनीहरुले बताएका छन् ।