Breaking News

शहिदलखनका एउटै गाउँमा २३ जना काेराेना सङक्रमित

By मनासलु

July 15, 2021

 असार ३१, गोरखा । गोरखा जिल्लामा पछिल्लो समय कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सुरु गरेपछि संक्रमितको संख्या बढ्न थालेको छ । जिल्लाको सहिद लखन गाउँपालिका वडा नम्बर ८ बुंकोट स्थित छापथोकमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा एउटै गाउँमा २३ जनामा संक्रमण देखिएको छ ।

२५ जना एन्टिजेन्ट परिक्षणमा २३ जनाको संक्रमण पुष्टी भएको गाउँपालिका स्वास्थ्य शाखाले पुष्टी गरेको हो । स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठका अनुसार कोरोना संक्रमण संग मिल्दो जुल्दो लक्ष्यण देखिएको उत्त गाउँमा प्रत्येक घर जसोमा बिरामी रहेको भन्ने सूचनाको आधारमा बिहीबार एन्टिजेन परिक्षण गराईएको हो ।

१६० घर घुरी संख्या रहेको उत्त स्थानमा भोली शुक्रबार रिर्पोट संकलन गरेर शनिबार पुनः परिक्षणका दायरा बढाइने श्रेष्ठले बताए ।