नेपालमा गाडी ल्याउँदै गर्दाका तस्वीर ।

Breaking News

प्रदेश,जिल्ला र स्थानीय तहमा सार्वजनिक सवारी भाडा वृद्धि भएकाे छैन : यातायात व्यवस्था विभाग

By मनासलु

July 16, 2021

सरकारले सार्वजनिक सवारी साधनकाे भाडा वृद्धि गरेकाे भन्दै जिल्ला र प्रदेश तहमा मनपरी भाडा असुल्न थालेपछि लामाे दुरीका सवारी बाहेक अरुका हकमा पुरानै भाडादर कायम हुने जनाएकाे छ ।

यातायात व्यवस्था विभागले विज्ञप्ती नै जारी गरेर प्रदेश जिल्ला र स्थानीय तहले अलग्गै निर्णय गरी यातायात व्यवस्था विभागमा पठाउनुपर्ने र विभागले स्विकृत गरेपछि मात्र नयाँ भाडादर लागू हुने जनाएकाे हाे । नयाँ भाडादर स्वीकृत नहुँदा सम्म पुरानै भाडा लिन विभागले भनेकाे छ ।