साउन ३,काठमाडौं । ‘सिर्दिवास सम्म यसै आर्थिक वर्षमा सवारी चल्ने गरी बजेट व्यवस्थापन गर्न अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता व्यक्त गरेका छन् । गाेरखा जिल्लाका साँसद हरीराज अधिकारीसँगकाे भेटमा शर्माले खाद्य सामग्री दुवानी गर्नका लागि सवारी चल्ने गरी बजेट दिनेछु । सेनाले समयमै काम गरेर चुमनुब्रीमा परेकाे सँकटकाे समाधान गर्छ यसका लागि ढु्क्क हुनु शर्माले भने ।
यसैवीच बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनप्रतिनिधिसहितको स्थानीयको टोलिले तत्काल आयोजना अघि बढाउन आग्रह गरेका छन् ।बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितको तर्फबाट साम्सद हरिराज अधिकारीको नेतृत्वको टोलिले अर्थमन्त्री जनार्दन शर्मासंग आइतबार यस्तो आग्रह गरेका हुन् ।
मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा बुढीगण्डकी सरोकार समितिका संयोजक जगन्नाथ खनालले आयोजनाको काम अघि बढाउन आग्रह गर्दै प्रभावित जनताको घरको ह्रासकट्टी नगर्ने माग गरे।
उनीहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग सम्बोधन गर्दै आयोजना तत्काल अघि बढाउन अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका हुन् ।
आइतबार सिंहदरबारमा अर्थमन्त्रीको ध्यानकर्षण गराउन पुगेका जनप्रतिनिधिसहितका सरोकारवालाहरूले बूढीगण्डकी आयोजनाले मुआब्जा वितरणमा रासकट्टी गरेको विषयमा पनि अर्थमन्त्रीको ध्यानाकर्षण गराए । रासकट्टीको निर्णय खारेज नगरिए प्रभावित क्षेत्रका बासिन्दा थप मारमा पर्ने भन्दै यो समस्याको समाधान तत्काल हुनुपर्ने उनीहरुको धारणा थियो ।
प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले मुआब्जाको विषयमा कतिपय द्विविधा अझैपनि कायम रहेको भन्दै समस्या समाधान गरिनुपर्नेमा जोड दिए । उनले रासकट्टाको निर्णय जनतामारा रहेको उल्लेख गर्दै यसबारे अर्थमन्त्रीले निर्णय लिएर जनताको पक्षमा काम गर्नुपर्ने ध्यानाकर्षण गराए ।
यसैगरी सांसद जगत सिंखडाले पहिला पनि देउवा सरकारले स्वदेशी लगानीमा आयोजना बनाउने निर्णय गरेको र अर्थमन्त्रीको पनि ऊर्जा मन्त्री हुँदा यसमा उल्लेखनीय भूमिका रहेको स्मरण गर्दै फेरि अर्थमन्त्रीले पहल लिनुपर्ने बेला आएको बताए ।
जवाफमा अर्थमन्त्री शर्माले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको मागप्रति आफू सकारात्मक रहेको भन्दै यो विषयमा बुझेर उपयुक्त निर्णयमा पुग्ने बताए । उनले भने, ‘मलाई १५ दिनको समय दिनुस् सबै बुझेर तपाईँहरूलाई सकारात्मक निर्णय दिनेछु ।’
उक्त छ्लफलमा गोरखाका तर्फका सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापामगर, वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, नेकपा माओवादी केन्द्र गोरखा जिल्ला अध्यक्ष लेख बहादुर थापामगर, माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य दिपक तिमिल्सिनालगायतको उपस्थित थियो ।