भाेट दिने जनतालाइ आकाशतिर फर्केर हेर्ने गााेरखाका एक पूर्व मन्त्रि

बिहिबार, असार ३१, २०७८

गाेरखा । नेताले जनतालाइ देवता सरह मान्नुपर्ने प्रचलन विश्वभरी रहेकाे छ । निर्वाचनमा उठ्ने र उठेर विजयी भएपछि पनि जनतालाइ उत्तिकै सम्मान व्यक्त गर्नुपर्दछ ।

कुरा सुन्दा अचम्म लाग्न सक्छ । गाेरखा जिल्ला नेपाल एकीकरणकाे अभियान सुरु भएकाे जिल्ला हाे । यहाँ हुने नेताहरु सबै एकता र विकासका पक्षमा हुन्छन् भन्ने मनाेभाव प्राय सबै नेपालीहरुमा रहेकाे पाइन्छ ।

नेपालमा २०७४ काे सँघीय र प्रदेश तहकाे निर्वाचनका समय नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर निर्वाचनमा जुटे । देशैभरी जुटिरहँदा गाेरखामा पनि साेही पार्टी जुटे । उनीहरु वीच पार्टी एकता समेत भयाे ।

जुटेर मैदानमा उत्रेका नेताहरुलाइ जिताउन गाेरखाली नेता कार्यकर्ताहरु अहाेरात्र खटेनन् मात्र उनीहरु कुर्कुच्चाे कुहिने गरी पैदल यात्रा गरीरहे । कतिपय कार्यकर्ताहरु राती बाटाे छलिएका कारण भीरबाट लडेर घाइते भए । रामशरण बस्नेतका लागि भाेट माग्दै हिँड्दा पल्लाे गाउँमा भाेलिका लागि पुग्नै पर्ने अवस्था थियाे, राती राती हिडेर जाँदै थियाैँ हुल्चुकबाट सिधै केराैँजा जाने क्रममा एकै पलका भरमा बाँचेकाे देव बहादुर गुरुङ सम्झन्छन् ।

प्रचारका लागि हिँडेका प्रचारप्रसार समितिका सदस्यहरु  आफ्नाे कुर्कुच्चाकाे घाउ विषेक नभएकाे बताउँछन् । तपाइँकाे निर्वाचन क्षेत्रमा प्रचारमा जाँदा कुर्कुच्चामा भएकाे घाउ अझै निकाे भएकाे छैन दाइ मन्त्री भएर त्यस क्षेत्रका जनताका लागि राम्राे काम गर्नु हाेला भनेर सुझाव दिँदा तँ माओवादी धेरै नबाेल भन्दै हकारे ।

गाउँ जाने बाटाे मन्त्रीले बजेट व्यवस्था गरेर राम्राे बनाउन भनेर खबर गर्दा उनले विञप्ती नै जारी गरेर पत्रकारका विरुद्ध कटाक्ष गरे । प्रेस चाैतारीका  भएका सिमित पत्रकार जिल्ला भित्र काँग्रेसकाे चुनाव प्रचारमा खटिए पनि माओवादी निकट प्रेस सेन्टरका पत्रकारहरु सिङ्गाे पार्टीलाइ विजयि गराउन लागेका थिए ।

गण्डकी प्रदेश स्थित प्रेस सेन्टर र प्रेस चाैतारीकाे लमजुङ भेलालले पार्टी नेतृत्वलाइ निर्वाचनमा विजयि गराउन उर्दी जारी भएकाे थियाे । नेता देव गुरुङले नेकपाका नेताले सबै क्षेत्रमा विजयि हासिल गर्नुकाे विकल्प नभएकाे बताएका थिए । त्यहाँबाट फर्केर सबै निर्वाचनमा जुटे । मत परिणाम आयाे । गाेरखामा रामशरण बस्नेत जाे एमालेबाट यस अघि जिल्लामा आधा दर्जन पटक निर्वाचनमा  उम्मेदवार भएर पनि हारेका थिए २०७४ मा माओवादीकाे साथ पाएर विजयि भए ।

माओवादीले टिकट पाएका ठाउँमा एमालेहरुले भाेट नदिएका कारण त्यस क्षेत्रमा काँग्रेस गठबन्धन विजयि भयाे भने एमाले उठेका स्थानमा माओवादीले इमान्दार पूर्वक मत दिएका कारण इतिहासमा पहिलाे पटक गाेरखामा एमालेले निर्वाचन जित्न सफल भयाे। निर्वाचनमा हार र जित हुन्छ भनेर सबैले चित्त बुझाए एमाले भने माओवादीलाइ हराउन सकेकाेमा खुशी मान्दै अर्काे पटक सँघीय साँसद उठ्ने तयारीमा बस्नेत अघि सर्दै थिए । राज्यकाेषकाे ढुकुटीलाइ चरम दुरुपयाेग मात्र गरेनन्  । भूगाेलमा काम जे जस्ताे भएपनि आफूलाइ आउने कमिसनका लागि हाेटलमा चुल्ठेमुन्द्रे राखेर ठेकेदारका घाँटीमा खुकुरी तेर्साएर नगद लिए ।

एक कराेड लगानीमा बनेकाे रामभञ्ज्याङ माेटरबाटाे नामजुङ । तस्वीर राजेन्द्र न्याैपाने

वर्षातका समयमा मानिसहरु जीवनलाइ अन्तिम अवस्थामा पुर्याएर भएपनि खाेला तर्न बाध्य थिए । आफूले मत दिएका नेता मन्त्री भएकाे थाहा पाएका उनीहरु गाउँले मिलि गाडी रिजर्व गरेर पाेखरा पुगी मन्त्रलाइ भेटेर दुख विसाउन पुगेपछि मन्त्रीले आफूलाइ एक मिनेट पनि फुर्सद नभएकाे भन्दै भाेली आउन आग्रह गरेकाे मन्त्री बस्नेतले स्वीकार गरेका छन् । वर्षातकाे समयमा दश हजार रिण गरेर भाेकै मन्त्रालय पुगेका मतदातालाइ उनले कति सम्म दुव्यवहार गर्थे भन्ने कुरा उनका स्वकिय सचिव देखि मन्त्रालयका कर्मचारीहरु समेत चकित थिए ।

मन्त्रालयमा आफ्नै कार्यकक्षमा रहेका मन्त्रीलाइ भेट्न नपाएपछि निराश भएर मुख्यमन्त्रिकाे कार्यालय पुगेका गाेरखाली जनतालाइ मुख्य मन्त्रीले भेट दिनुका साथै मन्त्री बस्नेतलाइ फाेन गरी जनतालाइ गर्ने व्यवहार के हाे भन्दै प्रतिप्रश्न समेत गरेका थिए । मन्त्री बस्नेतकै कारण मुख्य मन्त्रीलाइ धेरै आराेपहरु लाग्ने गरेकाे मन्त्रालय नजिक रहेर कलम चलाउँदै आएका पत्रकारकाे भनाइ छ ।

नैतिक आचरणमा पाटी कमिटी  मुद्दा एमाले केन्द्रिय अनुशासन आयोग अझै कायम छ ।  अनाैपचारिक शिक्षा केन्द्र (इन्शेक) को रकम हिनामिन मुद्दा तत्कालीन अञ्चल कमिटीमा परेकाे थियाे । पुस्तक व्यवसायी समेत रहेका उनलाइ  प्रतिगमन बेला शिक्षा समिति को सदस्य भइ रकम हिनामिना गरेकाे आराेप  लागेकाे थियाे ।   द्वन्द्का समयमा सेनाको कर्णेलसँग मिलि गाउँका साेझा नागरिकहरुलाइ माओवादी भन्दै पक्राउ गराउने र थुनाउने कार्यमा उनी सक्रिय रहेका र एमाले टिकट लिएमा छुटाइदिने भन्दै बन्दीगृह पुग्ने गरेका उनका सहकर्मिहरु बताउँछन् ।

राज्यका पुन: सँरचना पछि देशमा भएकाे पुरा जस लिने पक्षमा रहेका  एमाले नेताहरु जसरी नै गाेरखामा भएका केही विकासका प्रयासहरु आफ्नै पहलमा भएकाे भन्दै नहिडेका पनि हाेइनन् । स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र सँघ सरकारकाे सँयुक्त प्रयासबाट राज्यका ढुकुटी प्रयाेग गरी विकासका कामहरु भएका थिए ।

पछिल्लाे समयमा आफ्ना बाबुकाे १३ दिने काज क्रिया ७ दिनमा सकाएर मन्त्री पदकाे सपथ लिन बस्नेत पाेखरा पुगेका थिए । सामाजिक सँस्कार स्थापित गर्नका लागि भन्दा पनि आफूले पद लिनु पर्ने भएकाे क्रिया छाेटाे गरेकाे स्थानीय गाउँले तिलक बानियाँ बताउँछन् ।  बस्नेत मन्त्री भएकै समयमा गाेरखामा उनकाे सँरक्षणमा अवैध क्रसर उद्याेगहरु स्थापना भएका छन् । अवैध क्रसरका कारण शिखर, निवेल, उल्टे, महटार क्षेत्रका नागरिकहरु थाकथलाे छाेड्नुपर्ने अवस्थामा पुगेका छन् ।

पदबाट निस्कने बेला उनले आफ्नाे घर तर्फ जाने बाटाे बनाउन मात्रै ३१ कराेड विनियाेजन गरेका छन् । हाल गण्डकी प्रदेश साँसद रहेका बस्नेतले प्रदेश सभामा रहेका टेवल  पछिल्लाे दिर्घामा रहेका साँसदहरुलाइ लक्षित गर्दै बुधबार गर्दै टेबल बजारेका उनले ‘सिंगल सिंगल आइज’ भन्दै प्रहार गरेका थिए । जीवनमा पहिलाे पटक निर्वाचन जित्ने नेतामा अरुकाे आड पाए म जे पनि गर्न सक्छु भन्ने घमण्ड उत्पन्न हुने र पदबाट बाहिर निक्कदा हिँस्रक बन्ने गरेकाे सामाजिक अभियान्ता उत्तर कुमार श्रेष्ठ बताउँछन् ।

निर्वाचन जितेर मन्त्त्री भएपछि भाेट दिने जनतालाइ सँधै भैँसीले आकाश हेरे जसरी मात्रै हेरेकाे र कमिसन नआउने ठाउँमा कहिल्यै बजेट नदिएकाे उहियाका धन बहादुर गुरुङ बताउँछन् । सबैलाइ समान व्यवहा गर्नुपर्थ्याे उहाँले त्याे गर्नुभएन । एमालेका मानिसहरु त औँलामा गन्न सकिन्थ्याे हामीले हाे नी जिताएकाे  सिर्दिवासका स्थानीय लक्ष्मण घले भन्छन् ।

आफ्ना विपक्षमा  लेखिएका  सबै कुराहरु अस्विकार गर्ने  बस्नेतले बताए ।