माओवादी केन्द्रका नेताले भने, हाँडीकाे माेसाे लिएर सिँहदरवार आउन नपराेस्

बुधबार, साउन ६, २०७८
फाइल फाेटाे

गाेरखा । जिल्लाका माओवादी नेताले कसलाइ मन्त्री बनाउने भन्ने बारेमा कटाक्ष गर्दै लेखेका छन् ,’ प्रधानमन्त्रिको फेरबदल पछि सबैदलमा मन्त्री बन्नेको लाइन छ भन्ने सुनियो,नेतृत्वलाई सकस भन्ने पनि सुनियो पुराना अनुहार धेरै द्खियो भने राम्रो हुनेछैन । यो वा त्योवहानामा पुनःगुटकोप्रेशर दिएर मन्त्री हत्याऊने “हस्को” आयो भने हाँडीको मुसो लिएर सिंहदरबार आउन बाध्य नपारियोस, भाला र लाठा लिएर गाउँप्रबेशमा निषेध गर्न नपरोस चेतना भया ।’

जगन्नाथ खनाल गाेरखा जिल्ला पार्टीका यस अघि जिल्ला पार्टी सँयाेजक थिए । उनकाे आशय अनुसार मन्त्री छनाैट गर्दा नयाँलाइ पहिलाे स्थान दिन माग गरेकाे देखिन्छ । माओवादी केन्द्रले आफ्नाे भागमा परेका मन्त्रालयमा सकभर प्रत्येक्षबाट निर्वाचन जितेका नेताहरुलाइ स्थान दिने बताइरहेकाे छ ।

गण्डकी प्रदेशमा बागलुङ र गाेरखाबाट मात्रै प्रत्यक्षमा जित भएकाे थियाे । पार्टीका इञ्चार्ज समेत रहेका देवेन्द्र पाैडेल (सुनिल) पार्टि चलाउनुपर्ने दायित्व उनीसँग रहेकाले मन्त्री बन्ने झण्झट तिर लाग्न नहुने, नेतृत्व सत्तामा जाँदा सँगठनमा समस्या आउने धेरैले बताएका छन् ।

गाेरखाबाट निर्वाचन जितेकाे हरीराज अधिकारीलाइ पार्टीले क्याविनेटमा जानुपर्छ, जान्न भन्न पाउनु हुन्न भन्दै आएकाे छ । अधिकारी भने जनताकाे काम गर्न जहाँ बसेर पनि सकिने बताउँदै आएका छन्  । इमान्दार र कुशल सँगठक समेत रहेका अधिकारी यस अघि नै प्रदेशकाे सेक्रेटरी भएर जिम्मेवारी सम्हालि सकेका थिए ।