किसानहरुका लागि डाेकाे र क्रेट अनुदानमा वितरण

शुक्रबार, साउन ८, २०७८

तनहुँ । आँधिमूल तरकारी उत्पादक कृषि सहकारी सँस्था लिमिटेडका १२१ जना सेयर सदस्यहरुलाइ कृषि ज्ञान केन्द्र तनहुँकाे आर्थिक सहयाेगमा एक थान डाेकाे र एक थान क्रेट अनुदानमा वितरण भएकाे छ । कृषि ज्ञान केन्द्रकाे ८० प्रतिशत र किसानकाे २० प्रतिशत लगानीमा डाेकाे,क्रेट प्रदान गरिएकाे सहकारी सँस्थाका अध्यक्ष राम प्रसाद तिवारीले जानकारी दिए ।

नेपालकै सबै भन्दा धेरै तरकारी उत्पादन गर्ने केन्द्रकाे रुपमा रहेकाे याम्पा फाँटमा अवस्थित यस सहकारीले तरकारी उत्पादन सँगै दुध समेत सँङलन गर्दै आएकाे छ । सँस्थाले वडामा रहेका सबै किसानहरुलाइ सहकारी आवद्ध भइ यस मार्फत सुविधा लिन समेत आग्रह गरेकाे छ ।

धादिङबाट ल्याइएका सातसय रुपैयाँ मूल्यका डाेकाे र पाँचसय पचास रुपैयाँका क्रेट किसानहरुले पाएका थिए । यस अघि सहकारीले लहरेवाली उत्पादन गर्ने किसानहरुलाइ प्रति राेपनी तीन हजारका दरले नगद समेत प्रदान गरेकाे थियाे ।