साउन १८, गाेरखा । यौन धन्दा गराउने गोरखाकी एक महिला सहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालतले काठमाण्डौंले गोरखाको बारपाक सुलिकोट गाउँपालिका घर भएकी प्रिती थापा मगरलाई थुनामा पठाउन आदेश दिएको हो ।
थापासंगै प्ल्याट भाडामा लिएर यौनधन्दा गराउने झापाको गौरादह नगरपालिकाकी ज्योती पोमुलाई अदालतले मुद्दा पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको जनाएको छ । उनिहरुले युवतीलाई यौन धन्दामा लगाउने गरेको खुलेपछि मानव बेचविखन अनुसन्धान ब्यूरोले गएको असारमा दुवैजनालाई प्रहरीले पक्राउ गरेको थियो ।
अदालतको आदेशले दुवैजनालाई पुर्पक्षका लागी केन्द्रिय कारागार जगन्नाथदेवल थुनामा पठाइएको मानव बेचविखन अनुसन्धान ब्यूरोकी एसएसपी दुर्गा सिंहले जानकारी दिए ।