Breaking News

शिक्षक सेवा आयाेगमा रेग्मी नियुक्त

By मनासलु

August 04, 2021

काठमाडौं। सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को मँगलबारको बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गर्ने निर्णय गरेको हो।

आयोगको पदाधिकारी नियुक्तिका लागि एक वर्ष पहिल्यै सिफारिस भएको थियो। विभिन्न कारणले लामो समयसम्म पदाधिकारी नियुक्त हुन नसक्दा आयोगले गर्नुपर्ने काम प्रभावित हुँदै आएको थियो।

देशभरका सामुदायिक विद्यालयका लागि नयाँ शिक्षक भर्ना, बढुवालगायतका काम प्रभावित भएको थियो। आयोगमा पदाधिकारी नियुक्तिसँगै अब ती कामले गति लिनेछ।