Breaking News

अनाथ बालबालिकाहरुका लागि ४ लाख ६८ हजार छात्रवृति प्रदान

By मनासलु

August 04, 2021

साउन २०, गाेरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–६ स्थित श्री नवजागृति चण्डी मा.वि अश्राङका ३९ जना अनाथ र टुहुरा बालबालिकालाई ४ लाख ६८ हजार रुपैया सहयोग उपलब्ध गराइएको छ ।

सोलिडारिटी टु नेपाली पिपुलका अध्यक्ष समेत रहनु भएका बिधालयका संरक्षक दीपक भट्ट तथा जयेन्द्रा एएसबिएलका अध्यक्ष माइकल फ्ल्कको सहयोगमा उनिहरुलाई जनही १२ हजार रुपैयाका दरले सहयोग उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

उहाँहरुले गरेको सहयोगका प्रतिबद्धता अनुसार आथिक बर्ष २०७७/०७८ को दोस्रो ६ महिनाको सहयोग रकम आज एक कार्यक्रमका बिच बितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका प्रसाद पाण्डेको अध्यक्षतमा भएको कार्यक्रममा सहयोग रकम बितरण गरिएको विद्यालय जनाएको छ ।