फाइल फाेटाे

Breaking News

पालुङ्टारकी ५८ वर्षिय महिलाकाे काेराेना सङक्रमणका कारण मृत्यु

By मनासलु

August 05, 2021

साउन २१, गोरखा । कोरोना संक्रमित  गोरखाकी एक महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।

पालुङटार नगरपालिका वडा नं ७ की ५८ बर्षकी संक्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा उहाँको मृत्यु भएको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।

महिलामा असार २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

गाेरखामा थपिए ८३ जना सङक्रमित

जिल्लामा आज ४३ जना महिला र ४० जना पुरुष गरी ८३ जना काेराेना सङक्रमितहरु थपिएका छन् ।